राजनीतिसमाचार

नेकपाका कार्यकर्ता समाजवादी प्रवेश

धरानमा चुनाबी माहोल ताती क्रम जारी छ।दलहरुले आफ्नो पक्षमा कार्यकर्ता मतदाता भित्र्याउने क्रम जारी छ । समाजवादिले धरान वडा नम्बर १५ बाट २५ जना पार्टी प्रवेश गराएको केहिदिन पछि धरान उपमहानगर वडा नम्बर २० बिष्णुपादुकाबाट नेकपाका कार्यकर्ताहरु समाजवदी प्रबेश गराएका छन ।

पार्टी प्रवेश गर्नेहरुमा रुपेन राई, दिपेन राई, ग्रीहेन राई,निश्चल कुलुङ, सुमोन राई, युबन लिम्बू,मिलन राई,सुदिप राई रहेका छन।पार्टी प्रवेश गर्नेहरूलाई समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई र समाजवादी धरानका मेयर उम्मेदवार गजेन्द्रैस्बोले अबिर खादा फुलमाला लगाएर स्वागत गरेका थिए ।

घरदैलो जाने क्रममा वडा नम्बर २० बिहिबार समाजवादीको प्रचारप्रसारमा पुगेका हुन।बिष्णुपादुकाको भञ्ज्याङ्मा कोणसभा गर्दै पार्टी प्रवेशसमेत गराएका हुन।कोणसभालाई संबोधन गर्दै वरिष्ठ नेता अशोक राईले अवको बिकल्प समाजवादी पार्टी मात्र एक पार्टी भएको बताए।३० वर्षसम्म लगातार धरानमा कम्युनिस्टले शासन गर्दा धरान आफै हारिरहेको बताए।अवको जित भनेको धरानको जित हुने र जसका लागि धराने जनताले चुनाब चिन्ह हातमा मतदान गर्न आग्रह गरे।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button