Uncategorizedराजनीतिसमाचारहेडलार्इन

धरानको विकास कस्ले गर्लान,

आगमी मंसिर १४ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारहरुको आ आफ्नै तर्क रहेको छ । सुनसरीको धरानमा नेपाल पत्रकार महासंघ केन्द्रीयको आयोजना तथा शाखा सुनसरीको संयोजनमा बुधबार धरानमा मेयर पदको उमेद्वारहरुबीच संवाद कार्यक्रममा आयोजना गरिएको थियो ।

उक्त संवाद कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का तर्फबाट उम्मेद्वार प्रकाश राई, नेपाली कांग्रेसबाट तिलक राई, समाजबादी पार्टीका गजेन्द्र बहादुर लिम्ुब (गजेन्द्र ईस्वो ) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चका उम्मेदवार अमर बहादुर लिम्बु (अमर इजम )ले सहभागी जनाएका थिए भने कार्यक्रमलाई टेलिभिजनका कार्यक्रम प्र्रस्तोता तथा पत्रकारीता क्षेत्रमा लामै समय लागेका दिलभुषण पाठकले सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेकपाका उम्मेदवार प्रकाश राईले धरानको शिक्षा, स्वास्थ्य, खानेपानी तथा विकास निर्माणका कुरामा कुनै पनि कसुर बाकी नराखी काम गर्ने बताएका थिए । उनले भने ‘शिक्षा क्षेत्र सर्वसुलभ हुनुपर्छ भन्ने हाम्रो कुरा हो, यहाँका सामाजिक सवालका बिषयमा पनि हामीले आवाज उठाउँदै आएका छौं ।’ भौतिक विकास देखिने कुरा भएको तर्क गर्दै मानवीय विकासमा पनि जोड दिनुपर्ने राईले बताएका थिए ।

राईले समग्र धरानको विकासका लागि आँफूले कुनै पनि कसुर बाँकी नराख्ने बताए । खानेपानी आयोजनाको समस्या रहे पनि त्यसलाई चाडै समाधान गरेर वितरण गर्ने पनि उनको तर्क थियो ।

त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट धरानमा मेयरका उम्मेद्ववार बन्नुभएका तिलक राईले धरानलाई आर्थिक ?पमा सक्षम बनाउनका लागि आफू लागि पर्ने बताएका छन । राईले धरानलाई आर्थिक, भौतिक, सामाजिक र सांस्कृतिक ?पमा अगाडि बढाउँन आवश्यक रहेको र त्यसका लागी नगरपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको आरोप पनि लगाए ।’ उनले उपमहानगरमा बेथिति र भ्रष्टचार बढेको भन्दै उनले आफुले जितेपछि त्यसलाई रोक्ने दावी गर्नुभएको थियो ।

राईले धरानमा रहेको एसियाकै एक मात्र वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले पनि बिरामीका लागि बेड खाली नहुने समस्या ज्यकूँ त्यू रहेको उदृत गर्दै ‘यहाँको समस्याको समाधानका लागि मात्र नभएर स्वास्थ्यमा प्रभावकारी ढंगले काम गर्ने वातावरण सृजना गर्नका लागि पनि धरानमा आफनो उम्मेद्धबारी संगै जित आबश्यक रहेको तर्क गरेका थिए ।

उता समाजबादी पार्टीको तर्फबाट धरानको मेयर पदमा उम्मेदवारी दिनुभएका गजेन्द्र बहादुर लिम्ुब (गजेन्द्र इस्वो)ले अहिले धरानमा युवाह? बेरोजगार रहेको बताउदै उनीह?लाई रोजगारीको अवसर सृजना गर्ने दावी गरे । उनले भने धरानको आर्थिक विकासका लागि तु?न्त आर्थिक अवस्था सुधार गर्नुपर्छ,’ त्यतीमात्र नभई लिम्बुले ‘पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुदका क्षेत्रमा युवाह?लाई प्रोत्साहन दिनुपर्ने तर्क गरे । त्यस्तै उनले आफनो जितसंगै ‘धराने जनतालाई नयाँ हिसाबमा विकास गर्न सक्ने कुरामा आफु बिश्वस्त रहेको तर्क पनि गरेका थिए ।’
सोही कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चको तर्फबाट धरानको मेयर पदको उम्मेदवार बन्नुभएका अमर बहादुर लिम्बु (अमर इजम)ले आफू धरानको मेयर बनेमा कुनै पनि हालतमा धरानलाई प्रदेश १ को राजधानी बनाउने दावी गरे ।

धरानमा सुकुम्बासीलाई नक्सा दिनका लागि सरकारले कन्जुस्याईँ गरेको छ, अब सुकुम्बासीलाई घर नम्बर मात्र दिएर हुदैन, धनीपूर्जा पनि दिनुपर्छ त्यसको नेतृत्व म जितेमा म गर्छु ईजमले भने ।’ त्यस्तै उनले आँफूले मेयर पदमा बिजयी भएको खण्डमा निजी र सरकारी विद्यालयमा समान शिक्षा प्रणाली लागू गर्ने पनि दाबी गरेका थिए ।

पत्रकार महासंघका केन्द्रीय पदाधिकारीह?को उपस्थितीमा धरान ८ होटल गजुर प्यालेसममा बिहान ८ बजेबाट सु? गरिएको कार्यक्रम करिब २ घण्टासम्म निरन्त ?पमा चलेको थियो भने । त्यहा उस्थित सर्बसाधारण धराने जनता तथा बिभिन्न संघसंस्थाका ब्यत्तित्वह?ले धरानको बिकासको कसरी गर्ने भन्ने बिषयमा आ आफन जिज्ञासा राखेका थिए भने ती जिज्ञासाको जवाफ सबै उम्मेद्धबारले पालैपालो दिएका थिए ।

यता धरानको अवको मेयर को हुने र कस्ले धरानको बिकास गर्ने चर्चा परिचर्चा र टिकाटिप्पनी चलचिरहदा उता सेयर कास्टले धरानमा गरेको सर्वेक्षण अध्ययन अनुसार अहिले ३९ प्रतिशतको अनुपातमा बेरोजगारी समस्या, २२ प्रतिशत सडक मर्मत नहुदाको समस्या, १६ प्रतिशत गरीबीको समस्या, १५ प्रतिशत खानेपानीको अभाव र ८ प्रतिशत खानेपानीको पहुच सम्मै पुग्न नसकिरहेको देखाएको छ ।

यी र यस्त समस्याह? बारम्बार आईरहदा धरानमा अब बन्ने मेयर र तीनको पार्टीलाई पुरा गर्न भने त्यती सजिलो भने हुनेछैन त्यसैले पनि अब धरानको आगामी नेतृत्वले यी समस्याको समाधान गर्ला कि न गर्लान भन्ने कुरा यहाको स्थान्ीय मिडिया तहको तर्फबाट निगरानी र हेर्न भने बाकी नै छ ।  पोखराबाट चुनाव केन्द्रीत रहेर शुरु गरीएको सो कार्यक्रम भने सुनसरी र पहाडी जिल्ला पाचथरमा हुनेछ भने सुनसरीमा दोश्रो पटक भएको छ । कार्यक्रम लाई सुनसरी भरीका दर्जनौ मिडिया हासउसहरुले प्रत्यक्ष प्रसारण गरेका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button