राजनीतिसमाचार

मजदुरको बिकास धरानबाटै शुरु भयोः प्रकाश राई

नेकपाबाट मेयर पदका उम्मेदवार प्रकाश राईले मजदुरह?लाई अब धरानको नेतृत्वमा ल्याउने काम नेकपाले गर्ने र त्यसको विकास धरानबाट सु? भईसकेको बताउनु भएको छ । निर्वाचन परीचालन उपसमिती तथा यातायात मजदुरह?ह?ले संयुक्त ?पमा आयोजना गरेको टेम्पो तथा सफारी रयालीको कोणसभालाई आज सोमबार धरानको लोकतान्त्रिक चौतारीमा सम्बोधन गर्ने क्रममा नेकपाका तर्फबाट धरानका मेयरका उम्मेद्धबार समेत रहनु ुभएका राईले सो कुरा बताउनु भएको हो ।

सम्बोधनको क्रममा राईले मजदुरह? अब पेट र परीवारसंग मात्र नजोडिएर नेतृत्व पंतिमा आउनुपर्ने समेत बताए । मजदुरह?लाई नेतृत्वमा ल्याउने कामको बिकास नेकपाले गरीसकेको उनले बताए । राईले बि.स. २०७४ सालको निर्वाचनबाट यातायात मजदुर सम्सेर बर्देवालाई धरान १० बाट वडा सदस्यमा ल्याई यस कार्यको थालनी गरीसकेको उदाहरण प्रस्तुत गर्नुहुदै राईले नेपाली काँग्रेसले यातायात मजदुरको सवालमा ठुला गफ मात्रै गर्ने गरेको बताए ।

नेपाली काग्रेस जनता ढाटने पार्टी मात्र भएको यस पटको चुनावमा पनि मजदुरह?ले नेकपालाई नै साथ दिने दावी गर्नुभयो । केही समय अघि मात्र नेपाली काग्रेसका युवा नेता गगन थापाले नेपाली काग्रेस धनी बर्गको मात्र पार्टी भएको घोषणा नै गरेका बताउनुहुदै राईले नेपाली काग्रेसबाट मजदुर जनताको बिकास सम्भव नभएको पनि बताए ।

अर्काै प्रसंगमा राईले यातायात मजदुर कुनै पनि शहरको दुतको ?पमा रहेको पनि स्मरण गर्नुभयो । मजदुरह?कै सहयोगमा नेकपाको सरकार बनेको र उनिह? बिना धरानको निर्माण गर्न असम्भव रहेको राईले बताए । राईले मजदुरह?को सेवाले कुनै पनि शहर कति पनि विकसित हुन नसक्ने पनि दावी गर्नुभयो । राईले सानो यातायातलाई दिर्घकालिन व्यवस्थापन गर्नका लागी आफुले योजना अघि बढाउने समेत बताएका थिए ।

साथै सोही कोणसभामा प्रतिनिधी सभा सदस्य जयकुमार राई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिमज्वाला राई, अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष सोम तामाङ, नेकपाका प्रदेश नं. १ सदस्य विजय राई, नेकपाका जिल्ला सचिव रमेश बस्नेत, नेकपाका जिल्ला सदस्य फोक्वाहाङ सुब्बा चोत्लुङ, नेकपाका धरान नगर अध्यक्ष नारायण सुवेदी लगायत नेताह?को उपस्थिती रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button