राजनीतिसमाचारहेडलार्इन

नेपाली कांग्रेसका उमेद्वार तिलक राईको मुख्य एजेन्डा ‘भष्टा«चार मुक्त धरान’

यति बेला नेपाली कांग्रेसका उमेद्वार तिलक राई मत माग्दै घरदैलो मा ब्यस्त छन । धरानमा रिक्त रहेको मेयरको पदकालागि आसन्न मसिर–१४ निर्वाचनको मिती तय गरिएको छ । जति जति निर्वाचनको मिति नजिकै छ सोही अनुसार तिलक राई पनि आफ्नौ चुनाबी अभियानलाई प्रभाबकारी बनाउन घरदैलौलाई तिब्रता दिएर लागि परि रहेका छन । नेपाली कांग्रेसबाट सर्वसम्मत धरानको मेयरको पदको उमेद्वार बनेका राई मत माग्दै जनताको गुनासा तथा समस्या र जनचहाना हरुपनी टिपोट गरिरहेका छन ।

भष्ट्रचारको अन्त्य गरि कर घटाएर बिकास गर्ने मुल एजेन्डा बनाएर मत मागि रहेका तिलकलाई कम्युनिस्टको गण भनेर चिनिने धरानका वडाहरुमा भव्य स्वागत भइ रहेको छ । बिहिबार वडा नं १३ मा भव्य स्वागत भएका तिलक लाई शुक्रवार धरान १७ मा पनि भब्य स्वागत तथा आतिथ्यता पाए । १७ नम्वर वडाको रेल्वे चोक , सुनौलो मार्ग, साङपाङ मार्ग, टेम्के मार्ग, हङकङ रोड, क्षितिज टोल, यलम्वर मार्ग, रत्न मार्ग बिष्णुमाया मार्ग , उदय टोल लगाएका टोलमा तिलक राइलाई स्थानिय मतदाताले स्वागत गरेका थिए ।

स्थानिय खेमराज भण्डारीले यसपाली मत बदल्ने र आफु परिवर्तनको पक्षमा मत हाल्ने बताए । उनी जस्तै सोही वडाका लिला पौडेल, देबि भण्डारी, सुमित्रा राई , सम्मसेर तामाङ्ग लगाएत पनि आफ्नो मत बदल्ने र आफुलाई परिवर्तनको पक्षमा उभ्याउने र तिलक राई भ्रष्टाचार मुक्त अभियानमा साथ दिने बताउछन ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button