राजनीतिसमाचार

विभिन्न पाटीका युवा कार्यकर्ताहरु तरुण दलमा प्रवेश

संगम बिष्ट

विभिन्न पाटीका युवा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसको धरदैलो कार्यक्रम अन्र्तगत धरान १३ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा विभिन्न पार्टिमा आवदद्ध १७ जना युवाहरु नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलमा प्रवेश गरेको हो । नेपाली कांग्रेसका मेयरका उमेद्वार तिलक राईको बिहिबार घरदैलौ कार्यक्रमको अवसरमा सखुवागाछीबाट युवाहरु अन्य पाटी परित्यग गरी कांग्रेसमा प्रवेश गरेका हुन ।

नेपाल तरुण दलका १३ नम्वर समिति सचिब दिपक लिम्बुको सक्रियतामा पुर्व वाईसियल धरान नगर सदस्य मोहन कुमार चेमजोङ्ग, नेकपाका सुर्वण मगर , शिव शाक्य , सुजन लिम्बू मनिता तामाङ , अनिता चेमजोङ्ग, सुवन राई, पाहाङ राई, बुद्ध राई, सन्देश राई, बिधान राई, सुनम खड्का, रविन लामा, निरजा प्रहान, रिवन लिम्बु , राप्रपा नेपालका प्रकाश खवास, लिम्बुवान मञ्चका सन्तोष श्रेष्ठ गरी १७ जना युवाहरु तरुण दलमा प्रवेश गरेको १३ नम्बर वडाका सचिब लिम्बुले जानकारी दिए । नव प्रबेसी युवा कार्यकर्तालाई मेयरका उमेदवार तिलक राईले फुल माला अबिर लगाएर स्वागत गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button