समाचारसमाज

अण्डा खाने बाजीमा सहभागी हुँदा मृत्यु

५० वटा अण्डा खाने बाजीमा सहभागी हुँदा ४२ अण्डा खाएपछि एक व्यक्तिको बेहोस भई मृत्यु भएको छ । भारतको उत्तरप्रदेशको जौनपुरमा अण्डा खाने बाजी जित्ने चक्करमा ४२ वर्षका एक व्यक्तिको मृत्यु भएको हो ।

मृतकको पहिचान सुभाष यादवको रुपमा भएको छ । शाहगंज कोतवाली इन्चार्ज जेपी सिंहका अनुसार सुभाष ट्र्याक्टर चलाउने काम गर्दथे । उनी आफ्ना साथीसँग अण्डा खान गएका बेला दुबैबीच कसले धेरै अण्डा खानसक्छ भनेर बाजी परेपछि यस्तो घटना भएको पुलिसले जानकारी दिए ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार जसले ५० वटा अण्डा र एक बोतल रक्सी पिउन सक्छ, उसलाई दुई हजार भारु दिइने यी दुईबीच सहमती भयो । सुभाषले शर्त स्विकार गरेर अण्डा खान सुरु गरे । उनले ४१ वटा अण्डा खाए तर जब उनले ४२ औं वटा अण्डा खाए, उनी बेहोस भएर ढले ।

परिवारका सदस्यले भने, ‘ब्रेन हेमरेजबाट भयो मृत्यु’

घटनास्थलमा भएका मानिसहरुले उनलाई अस्पताल र्पुयाए । उनको स्थिती गम्भीर हुँदा डाक्टरले उनलाई लखनउको पिजीआई अस्पताल लैजान भने । जहाँ उनको उपचारको क्रममा मृत्यु भयो । यस्तै, परिवारको दाबी अनुसार सुभाषको मृत्यु ब्रेन ह्यामरेजका कारण भएको हो । सुभाषले यसै वर्ष दोस्रो विवाह गरेका थिए । पहिलो श्रीमती बाट चार छोरी जन्मिएपछि छोरा जन्माउन उनले ९ महिना अघि दोस्रो विवाह गरेका हुन् ।

एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button