राजनीतिसमाचार

समाजवादी पार्टीको पहलमा धरानमा करोडौं बजेट विनियोजन

समाजवादी पाटीको पहलमा धरानमा करोडौं बजेट विनियोजन भएको छ । धरान उपमहानगरपालिकामा यस अघि प्रतिनिधि सभा उम्मेदवार अशोक राईको पहलमा करोडौं बजेट विनियोजन गरिएको पाटीले सोमबार सार्वजनिक गरेको हो । समाजवादी पार्टीको सोमबार बसेको बैठकमा पार्टीले सम्हालेको शहरी बिकास मन्त्रालयबाट वरिष्ठ नेताको पहलमा गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा विनियोजन भएको बजेट बारे जानकारी गराएको थियोे ।

गत आर्थिक वर्षमा धरानमा २१ करोड र चालू आर्थिक वर्षमा २ करोड २२ लाख विनियोजन भएको पाटीलले धरान उपमहानगर अध्यक्ष ताजुप लिम्बुले जानकारी दिए । अर्को ठूलो योजना धरान उपमहानगरको असहयोगको कारण गुमेको लिम्बुले बताए ।

अशोक राईले बाराम्बार कुरा उठाउदै आएको सिटि हल जग्गा उपलब्ध नगराउदा ८० करोड बराबरको योजना खुस्किएको उनले बताए । धरान उपमहानगरले जग्गा उपलब्ध नगराउदा सिटि हल बनाउने करिब ८० करोड बजेट रोकिएको लिम्बुको भनाई थियो । सिटि हल बनाउनको लागि करिब तीन बिघा जग्गा आवश्यक पर्ने भएकाले धरान उपमहानगरले जग्गा उपलब्ध नगराएको उनको टिप्परी थियो । समाजवादी पार्टीले शहरी बिकास मन्त्रालय सम्हालेको छ । यस बिषयमा धरान उपमहानगरको कमजोरी भएको भन्दै नेपाली कांग्रेस धरान नगर समितिले समेत यस अघि पत्रकार सम्मेलन गरेर असन्तुष्ट देखाई बिरोध गरिसकेको छ ।

शहरी बिकास मन्त्रालय शहरी बिकास तथा भवन निर्माण बिभाग चालू आर्थिक वर्ष २०७६÷०७७ मा धरान उपमहानगर र बराह नगरपालिकामा विनियोजन गरेको बजेट सार्वजनिक गरेको हो।समाजवादी पार्टीको आज बसेको बैठकले पार्टीले सम्हालेको शहरी बिकास मन्त्रालयबाट समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईको पहलमा धरानमा छुट्टिएको बजेट सबैलाई जानकारी गराएको हो । ९१० धरान उपमहानगरपालिका भित्र सुरक्षित नागरिक आवास कार्यक्रमको लागि ४७ लाख, ९२०धरान उपमहानगर वडा नम्बर १६ जनपथ सडक वडा नम्बर १५ आडालाईन सडक,वडा नम्बर ३ जाल्पा रोड सडक उन्नतिको लागि ५ लाख ,९३०धरान उपमहानगर वडा नम्बर ५,६,१३,१४,१५ मा सेउती खोला करिडोर निर्माण कार्यको लागि १० लाख,
९४०धरान उपमहानगर वडा नम्बर ११,१३,१६,१७ र २० मा सर्दु खोला करिडोर निर्माण कार्यको लागि १० लाख,
९५०धरान उपमहानगर वडा नम्बर १५ र १७ मा इन्द्रेणी मार्गलगायत सडक ढल निर्माण कार्यको लागि १ करोड,
९६०धरान उपमहानगर २ र ३ स्थित सिंहदेबी चोकदेखि कैलाश चोकसम्म,सहरी सडक बिस्तार तथा सोलार बत्ती जडान तथा धरान उपमहानगर वडा नम्बर १७ स्थित सप्तरंगी पार्क निर्माण ५० लाख

९७०त्यसैगरी सुन्सरी जिल्ला १ नम्बर निर्वाचन क्षेत्र अन्तरगत बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ र ९ हुँदै रामधुनी भासी नगरपालिका सिमानासम्म सडक स्तरोन्नतिको लागि ५ लाख
९८०रामधुनी वडा नम्बर ४ बैठार हुँदै बराह ८ कुटि जितपुर चक्रघट्टि बाँगेबजार महेन्द्र गेटसम्म सडक तथा नाला स्तरोन्नति कार्यको लागि ५ लाख
९९०बराह नगरपालिका १,२,३,४,५ देखि रामधुनी ६ र ७ सम्म सडक सन्जाल स्तरोन्नतिको लागि ५० लाख बजेट बिनियोजन भएको जानकारी दिएको हो ।

यसअघि गत आर्थिक वर्ष २०७५र७६ मा धरान उपमहानगरमा २१ करोड बजेट परेकोमा सार्वजनिक खरिद ऐनले अवरोध भएको कुरा समाजवादी पार्टी केन्द्रिय सदस्य भिम राईले जानकारी दिए। तत्काल उक्त बजेटको टेन्डर भएको तर स्थगित भै चालू आर्थिक वर्षमा काम हुने कुरा पनि केन्द्रिय परिषद सदस्य बिरेश थापाले जानकारी दिए। टेन्डर लागिसकेको बजेट रोकेपछि अब त्यो बजेट पुन चालू आर्थिक वर्षमा काम हुने भएको समेत स्पष्ट पारे।उक्त बजेट धरान १७ र धरान १५ मा कालो पत्रे र ड्रेन सहितको लागि काम हुने भएको बताए।यस बजेटबाट धरान १५ मा शिव गंगा बस्ती नमुना मार्ग,कृष्ण पथ लगायत का बाटो बनाउने कुरा हरि राईले जानकारी दिए।धरान १७ मा सयपत्री मार्गमा कालोपत्रे ड्रेन सहितको निर्माण कार्य हुने कुरा समाजवादी धरान नगर सचीव हेमराज जिमि याख्खाले जानकारी दिएको छ।

सोमबार बसेको समाजवादी पार्टीको धरान उपमहानगर समिति बैठकले मेयर उम्मेदवार गजेन्द्र इस्बोलाई जिताउन किरात राष्ट्रिय समिति सदस्य शुभचन्द्र राईको संयोजकत्वमा ५०१ जना निर्वाचन परिचालन समिति बनाएको छ । कृष्ण लिम्बू,बिपिन इवारम,तेन्जिङ शेर्पा सह संयोजक रहेका छन।ताजुप लिम्बू सचिव रहेका छन भने सचिवालय सदस्यमा बिन पुमा राई,कृष्णबहादुर राई,हेमराज जिमि याक्खा,शम्भु राई पृथक,लक्षमी राई,निमा पोङ्स्युवा,रामकुमार राई,मदन तामाङ,जयमान साम्पाङ,शशिकुमार बिक,सागर सरगम चेम्जोङ,सुमन चेम्जोङ सहित सल्लाहकार सबै रहेको कुरा संयोजक शुभचन्द्र राईले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button