शिक्षासमाचार

धनकुटा बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरु शैक्षिक उन्नतीमा जुटे

धनकुटा

धनकुटा बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरु शैक्षिक उन्नतीमा जुटेका छन् । पूर्व विद्यार्थीहरुले अलुम्नाई एशोसिएन मार्फत शैक्षिक उन्नती गर्न शनिबार बसेको बैंठकले तत्काल देश विदेशमा सदस्यता वितरण गर्ने,परिचय पुस्तिका र डाईक्टरी प्रकाशित गर्ने र क्याम्पसको शैक्षिक उन्नतीमा सहयोग गर्ने निर्णय गरेको हो ।

संविधान सभाका सदस्य धनकुटा वहुमुखी क्याम्पसका अलुम्नाई एशोसिएनका अध्यक्ष टिकाराम चेम्जोङ्गको अध्यक्षतमा शनिबार बसेको बैठकले ३ महिना भित्र अलुम्नाईको परिचय पुस्तिका ब्रुसर प्रकाशित गर्ने भएको छ । यस्तै १ वर्ष भित्र स्मारीका डाईक्टरी प्रकाशित गर्ने,देश विदेशमा रहेका धनकुटा वहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरुलाई सदस्यता वितरण गर्ने,पूर्व स्ववीयू सभापति गोविन्द्र आर्चायलाई सदस्यतमा मनोनय गर्ने निर्णय बैंठकले पारित गरेको संस्थाका उपाध्यक्ष विजय सन्तोषी राईले बताए । क्यामपसको शैक्षिक उन्नतीका लािग सस्ंथाले अभियान संचालन गर्ने लगायतका निर्णयहरु पारित गरेको राईले जानकारी दिए ।

सो अवसरमा धनकुटा वहुमुखी क्याम्पस अलुम्नाई एशोसिएनका अध्यक्ष टिकाराम चेम्जोगले अलुम्नाईको भावी कार्यक्रमको वारेमा प्रकाश पारेका थिए । संस्थाका उपाध्यक्ष विजय सन्तोषी राई,महासचिव राजन पौडेल,प्रदेश सभाका सदस्य तथा अलुम्नाईका सचिव कुसुम कुमारी श्रेष्ठ,कोषाध्यक्ष धनकुटा वहुमुखी क्याम्पसका प्रध्यापक रुद्र पोख्रेल,सल्लाकार प्रध्यापक डा.मोहन कुमार तुम्वाहाङ्ग,कार्यसमितिका सदस्यहरु भगतचन्द्र थपलिया,विदुर सुवेदी,खेमराज पौडेल लगायतले अलुम्नाई एशोसिएनलाई सशक्त र सक्रिय बनाउनका लागि आ आफ्नो धारणा राख्दै सुझाव तथा शुभ दीपावलीको शुभकामना राखेका थिए ।

धनकुटा वहुमुखी क्याम्पसको पहिचान र गौरवलाई जिवन्तता दिनका लागि क्याम्पसले संचालन गरेको क्याम्पसको शैक्षिक उन्नतीका लागि अभियानका रुपमा अलुम्नाई एशोसिसनले सहयोग गर्ने अध्यक्ष टिकाराम चेम्जोगको भनाई थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button