पर्यटनसमाचार

चलचित्र महोत्सव हुदै ,धरानमा सचिवालय स्थापना

सुनसरीको धरानमाा चलचित्र महोत्सव हुने भएको छ । पूर्वको सुन्दर पर्यटकीय शहर मानिएको धरानमा अन्तराष्ट्रिय चलचित्र महोत्सव हुने भएको हो ।

यही कार्तिक २१ देखि २४ गतेसम्म महोत्सव संचालन गर्न लागिएको आईतबार धरानमा पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलन अवसरमै महोत्सवको सचिवालय आईतबार धरानमा स्थापना गरिएको छ । सचिवालयको कार्यालय धरानको उद्योग वाणिज्य संघको भवनमा राखिएको छ ।

३ दिन सम्म चल्ने महोत्सव सबैले निःशुल्क हेर्न पाउने आयोजकले जनाएको छ । महोत्सव धरानको सभागृह हलमा प्रद्र्धशन गरिने भएको छ । संस्कार संस्कृति,भाषा तथा नेपाली समाजमा रहेका विषय बस्तु बोकोका कथामा आधारित १८ वटा नेपाली चलचित्र र ३ वटा स्वीम चलचित्र प्रद्र्धशन गरिने बताईएको छ ।

प्रदेश सरकारले पहिलोपटक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव धरानमा गर्न लागेको हो । प्रदेश सरकारको आयोजनामा हुने महोत्सवको सह–आयोजकमा धरान उपमहानगरपालिका रहने छ भने स्वीस विकास नियोगले सहयोग गर्ने बताईएको छ । चलचित्र महोत्सव मूल आयोजक समितिका अध्यक्ष तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले महोत्सवले कला, संस्कृति जगेर्नामा सहयोग पुग्ने बताए । २०२० मा ५ लाख पर्यटक १ नम्बर प्रदेशमा भित्र्याउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको मन्त्री कार्कीले बताए ।

महोत्सव सभ्य र भव्य सम्पन्न गर्नका लागि प्रदेश सरकारले ३० लाख बजेट छुट्याएको उनले बताए । ‘हामीले हिम्मतका साथ काम गरिरहेका छौं, ३० लाख बजेट छुट्याएका छौं, त्यति रकमले नपुगे बजेट प्रदेश सरकारले थप गर्छ’ मन्त्री कार्कीले पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।

महोत्सर्र्व धरानमा हुने भएको महोत्सव सफल पार्न बढी धरानवासीको जिम्मेवार रहन्छ, धरानको इज्जत र प्रतिष्ठासँग जोडिएको छ, चलत्रिच महोत्सवलाई सफलता समापन गर्न धरानबासीले आयोजक सम्झेर सक्दो सहयोग गर्नु पर्छ’ मन्त्री कार्कीले भने । सचिवालय कार्यक्रम उद्घाटन तथा पत्रकार सम्मेलनमा बोल्दै धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी (सुवेदी) र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाले महोत्सव धरानको प्रतिष्ठासँग जोडिएकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

महोत्सव संचालन हुनभन्दा १ हप्ता अगाडी देखि नै चत्रचित्रको प्रचार प्रसार गतिविधिलाई तीव्रता पारिने आयोजकले जानकारी दिएको छ । प्रदेश नं.१ क आदिवासी जनजातिको उद्गमस्थल भएकोले संस्कार र संस्कृति झल्किने झाँकीसहित कार्यक्रम उद्घाटन गरिने आयोजकले जनाएको छ । महोत्सवका लागि विभिन्न समितिहरु गठन भइसकेको छ ।

महोत्सवको तयारीका लागि मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा निर्देशक समिति बनाइएको प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले जानकारी दिए ।  २०७० सालमा नेपाल चलचित्र विकास बोर्डले धरानमा राष्ट्रिय चलचित्र महोत्सव २०७० आयोजना गरेको थियो । जेठ १५ देखि १७ गते सम्म ३ दिन महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा १ सय भन्दा बढी वरिष्ठ फिल्मी कलारकार, अभिनेता, अभिनेत्री, कलाकार, निर्माता, निर्देशकहरू काठमाडौंबाट धरान आएका थिए ।

फोटो कोशी पोष्ट डटकम

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button