समाचारसमाज

छिमेकी युवा समूहले धरानमा साँझ कार्यक्रम गर्ने

छिमेकी युवा समूहले धरानमा साँझ कार्यक्रम गर्ने भएको छ । सदा झै यस वर्ष पनि तिहार अगाडी साँझ कार्यक्रमको तयारी गरेको छिमेकी युवा समूहले बुधबार आफ्नै संस्थामा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी गरेको जानकारी दिएको हो । धरान –१२ स्थित छिमेकी युवा समूहले यस पटक २१ औं बिषेश छिमेकी साँझ कार्यक्रम गर्ने जनाएको छ ।

समूहले २०५५ सालमा तिहारको नजिक स्थानीय कलाकारहरुका प्रतिभा प्रदर्शन कार्यक्रमको रुपमा ‘छिमेकी साँझ’ सांस्कृतिक आयोजना गरेको थियो । यस वर्ष कार्तिक ८ गते कार्यक्रम सम्पन्न गर्ने आयोजकले जनाएको छ ।

छिमेकी साँझमामा सहभागी नव प्रतिभाहरु मध्ये बाट उत्कृष्ट युवा लाई ‘राइजिङस्टार’ पदकसहित २५ हजार पुरस्कार प्रदान गरिने संस्थाका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए । विगतमा छिमेकी साँझबाट शुरु गरेका गायक कालाकारहरु कालान्तरमा राष्ट्रिय तहमा चर्चित भई स्थापित भएकाले समूहले आफ्नो पहिचान ठहर गर्दै यस वर्ष देखि साँझमा सहभागी हुने नव प्रतिभाहरूलाई प्रतिस्पर्धाको आधारमा पुरस्कार र पदक प्रदान गर्ने निर्णय भएको समूहका अध्यक्ष राईले बताए ।

राइजिङ स्टारको व्यवस्थापन धरान सङ्गीत प्रतिष्ठानले गरिरहेको सचिव सचेन्द्र राईले जानकारी दिए । यसपालीको साँझमा नृत्य विद्या र गायन विद्या गरी जम्मा २१ वटा सांस्कृतिक कार्यक्रम रहेको उनले बताए । कार्यक्रम ११ लाखको लागतमा सम्पन गर्ने योजना बनाएको संस्थाका सचिव राई जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button