विचार/ब्लगसमाचार

मुलुकलाई समृद्धि बनाउन नयाँ बर्ष देखि आर्थिक वर्ष शुरु गरौं

—विजय सन्तोषी राई

मुलुकलाई समृद्धि बनाउन राजनीतिक इच्छा शक्तिमा निर्भर रहन्छ । राजनीतिक इच्छा शक्तिको लागि उचित वातावरण,राजनीतिकर्मीहरुको चाहना र जनताको आवश्यकता र सहभागीतामा समेत निर्भर रहन्छ । दिगो विकासको लागि जनताको सहभागीता अनिवार्य हुनु पर्छ ।

नेपाल सानो देश भएकाले जनसंख्या कम छ । जनता आफ्नै रोजीरोटीमा ब्यास्त हुने हुँदा विकासमा कुनै अवरोध र चुनौती छैन । विकास र समृद्धिका लागि प्रमुख श्र्रोतको रुपमा मुलुकमा अनगन्ती पाकृतिक श्र्रोत साधन भएकाले पनि लगानीको संभावनाहरु प्रशस्त रहेका छन । नेताहरुको सही र महत्वपूर्ण निर्णय र लोकप्रिय योजनाले नेपाललाई चाडै विकासमा रुपान्तरण गरी कायापलट गर्न सकिन्छ ।

राजनैतिक गर्ने नेताहरुले अब जिम्मेवारी पूर्ण ढंगले निर्णय गरी अघि बढ्नु पर्ने आवश्यकता देखिन्छ । मुलुकलाई समृद्धि बनाउन बजेटले महत्वपूर्ण भूमिका निर्वाह गर्छ भने योजना कार्यक्रम पनि संगै जोडिन्छ । जनताको आवाश्यक्ता र चाहना र जनताकै सहभागीतामा जनताले स्वामित्व गर्ने योजना तथा कार्यक्रम छनौवट भएको छ कि छैन, कार्यक्रम र बजेट अनुसार खर्च भएको छ छैन यसको प्रभावाकारी अनुगमन जनता आफैले गर्नु पर्ने देखिन्छ ।

केन्द्रिय सरकार हुँदा देखि बसेको बानी मुलुक संघीयतामा गईसक्दा पनि उस्तै छ । आर्थिक बर्षको अन्त्यतिर असारे विकासको बाढी ल्याउने र जनताको आँखा छल्ने कामले निरन्तरता पाइरहेको छ । हामी युद्ध स्तरमा सडक निर्माण गर्छौ , बाटो बनाउँछौ ,पुल बनाउछा,ैसडकको पिच गर्छौ ,ढल निर्माण लगायत विकासका सवै योजना अनुरुपको निर्माण गर्छौ त्यतिखेरै बर्षाको पनि बाढी आउछ । ठूलो मेहेनत , प्रयासबाट ल्याएको योजना र निर्माण गरेको सवै विकासका योजना बर्षाको भेलले छिनभरमै बगाएर लैजान्छ । विनियोजित बजेट भागबण्डा र पानीले झ्वाम पार्छ ।

बिकास गर्ने सयममा भागबण्डा मिलाउदा मिलाउदै आर्थिक वर्षको अन्तिममा बजेट पास गरी कामको थालनी गर्ने नेपालको परम्परा अहिले पनि यथवत नै छ । मुलुकमा धेरै व्यवस्था फेरिए पनि जेष्ठ देखि हतार हतार निर्माणको काम गर्दै असार मसान्तमा योजना र बजेट सक्ने व्यस्था फेरिन सकेको छैन । हाम्रो मुलुक कृषिमा आधारित भएकाले कृषि गर्ने समय पनि त्यतिखेरै हुन्छ , बैदेशिक रोजगार जानबाट बचेका तत्नेरी जनशिक्त पनि कृषि क्षेत्रमा नै व्यस्त हुने भएकाले विकासका योजनाहरुको निर्माणमा जनशिक्त भेटिदैनन् ।

त्यति बेलै बर्षात पनि शुरु हुने भएकाले निर्माणको काममा अवरोध पुग्छ । जसरी पनि आर्थिक बर्षको अन्त्य असार मशासन्त सम्म योजनाहरु र कार्यक्रमहरु अनिवार्य सक्नै पर्ने भएकोले जसो तसो गरेको बिकासे कामले बजेट सक्ने र जनताको आँखा छल्ने बाहेक अरु उपलब्धी गर्न सक्दैन ।

असफल पञ्चायती असारे विकासे हाम्रो परम्परा र सस्कृति अहिले पनि मुलुकमा ठूलो राजनैतिक परिवर्तन पछि पनि कायमनै रहेको छ । अव सही रुपमा छिटो गतिमा विकास गरी सम्पन्न र समृद्ध नेपाल बनाउनका लागि हामीले असारे विकासलाई तोड्नु पर्छ आर्थिक बर्षलाई नै परिवर्तन गर्नु पर्छ । हामीले हाम्रो नेपाली नयाँ बर्ष बैशाख संगै आर्थिक बर्ष शुरु गरी चैत्र मसान्त लाई आर्थिक बर्ष को अन्त्य हुने गरी परिर्वतन गर्नु पर्छ । आर्थिक बर्षको सम्पूर्ण विकास निर्माण चैत्र मसान्तमा सम्पन्न गरी प्रत्येक नयाँ बर्ष बैशाख देखी नया आर्थिक बर्ष शुरु हुने योजनाका साथ नयाँ कामको शुरु गर्ने परिपार्टीको समेत विकास गर्नु पर्छ ।

हाम्रो देशको यूवा तन्नेरीहरुको मेहेनत,पसिना र रगतले अरुको देश बन्दै गएता पनि हाम्रो मुलुक भने विग्रदै गईरहेको छ । हामीले हाम्रो देशका तन्नेरी यूवाहरुलाई आफ्नै देशमा काम गर्ने अवसरको सिर्जना गरी देशका तन्नेरी यूवाहरुकै मेहेनत,पसिना र रगतबाट अब नेपाललाई समृद्धि बनाउन नयाँ योजना र कार्यक्रम संचालन गर्नु पर्छ । जापान,अमेरिका,दक्षिण कोरिया ,बेलायत लगायत विभिन्न खाडी राष्टहरु बनाउन सक्ने नेपालका तन्नेरी यूवाहरुले नेपालाई पनि बनाउन सक्षम छन भन्ने विश्वास नेपालका राजनैतिक नेताहरुले गर्नु पर्छ

विकासको मुल समस्या भनेकै कमिशन र टेण्डर प्रक्रिया अनि उपभोक्ता समितिका ठाटाबाठा नै हो । टेण्डर प्रक्रिया र उपभोक्ता समिति निर्माण देखि नै कमिशनको चक्कर शुरु हुन्छ । कुन ठेकेदारलाई टेण्डर पार्न लगाउने वा उपभोक्ता समितिबाट गर्ने हो भने कसलाई उपभोक्ता समितिमा राख्ने भन्ने आधारमा विभिन्न शर्तहरु तयार गरी कमिशनको निर्धारण पहिले नै गरिन्छ । यसले नितिगत र बैधानिक भ्रष्टाचार गर्ने परिपाटीको बाटो खुल्ला गर्छ ।

यस कार्यमा मन्त्री देखि नेता,जनप्रतिनिधि,कर्मचारी,निर्माण व्यावसायी,उपभोक्ता समितिका पदाधिकारीहरु समेत सहभागीताको भागीमा बस्छन । यी सव प्रक्रिया पुरा गर्न समय बिताउने र असार मसान्तमा सवै तिर काम तिव्र रुपमा हुने हुदा अनुगमन समेत नहुने कसैको ध्यान पनि नपुग्ने भएकाले निर्माण कम्पनी होस वा उपभोक्ता समिति असारे विकासका लागि असार सम्म पर्खनु वाध्य हुन्छन ।

कार्यक्रम तथा योजनाको बजेट सकेर मन्त्री नेता,जनप्रतिनिधि,उपभोक्ता समितिका पदाधिकारीहरुको चित्त बुझाउनु पर्ने हुन्छ । यसले गर्दा टालटुले विकास गर्न बाध्य हुने भएकाले असारे विकासलाई टालटुले विकास पनि भनिन्छ । असारे विकासलाई सुधार गर्ने या रोक्नका लागी बजेट पास भए लगत्तै बजेट पठाउने अनिवार्य व्यवस्था गर्न पर्छ या त सवैभन्दा राम्रो र उचित आर्थिक बर्षनै परिर्वतन गर्नु पर्छ ।

आर्थिक बर्ष सकिनु दुई महिना अघिनै कार्यक्रम तथा योजना अनिवार्य रुपमानै सम्पन्न गरी सक्ने बाध्यकारी व्यवस्था गर्दै आर्थिक बर्षको अत्यको महिनालाई भुक्तानी महिनाको रुपमा मात्र बनाउनु पर्छ । यसले गर्दा जनताका आवश्यकता,चाहना, अनुसार अनी बजेट अनु?पको काम सम्पन्न हुन्छ । अनुगमनलाई पनि व्यवस्थित गर्न सकिन्छ ।

आर्थिक बर्ष परिवर्तन गर्ने साहश गरी निर्णय गर्न संघीय सरकार र प्रमुख राजनैतिक दलहरु तयार हुनु पर्छ । यसका लागि नागरिहरुले समेत दवाव मुलक अभियान शुरु गर्न अति जरुरी भएको छ । नयाँ बर्ष संगै नयाँ आर्थिक बर्ष शुरु गर्ने हो भने पहिलो चौमासिक बैशाख देखि कार्यक्रम तथा योजनाको स्टमेट गर्ने अनि कामको शुरु गर्ने दशै,तिहार लगायतको चाड पर्व मानिसकेपछि मंसिर,पौष,माघ,फागुन महिना काम गर्नका लागि उचित वातावरण र मौसम समेत हुने भएकाले मंसिर देखि फागुन सम्ममा युद्ध स्तरमा काम गरी समयमा नै काम सम्पन्न गर्ने र चैत्र महिनालाई भुक्तानी र अनुगमन गर्ने महिना बनाउन सके मात्र मुलुक समृद्धि तर्फ अघि बढ्छ ।

(लेखक — धनकुटा कांग्रेसका जिल्ला सचिव तथां सहिद स्मृती प्रतिष्ठानका महासचिव, नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष )

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button