मुख्य समाचारसमाचार

मिस नेपाल आईडल २०१९ का बिजेता शेर्पालाई धरानमा स्वागत तथा बधाई

मिस नेपाल आइडल २०१९ का बिजेता निमा लमु शेर्पालाई धरानमा स्वागत तथा बधाई दिईएको छ । शेर्पा पूर्वको सुन्दर शहर धरान आएको समय हिमालयन सांस्कृतिक केन्द्र धरानले स्वागत गदै बधाई दिएको हो ।

शेर्पा मिस स्टेट १ को कार्यक्रमको जजका रुपमा यहि असोज १७ गते धरान आएका हुन । शेर्पा कार्यक्रम सम्पन्न गरेर धरान रहदै आएको बेर्ला आइतबार सांस्कृतिक केन्द्रले भेटघाट गर्दै स्वागत तथा बधाई कार्यक्रम राखेको थियो ।

उनलाई शुभचिन्तक लगायत कार्यक्रममा उपस्थित भएका सबैले खादा ओढाएर सम्मान तथा बधाई दिएका थिए । बधाई दिने क्रममा हिमालयन महायान देछेन छोलिङ गुम्बाका अध्यक्ष ङावालप्ट शेर्पाले शेर्पा समुदाय हिमाल चढ्न मात्र नभई मोड्लिङ गायन लगायतको क्षेत्रमा लागेर समुदाय तथा देशको नाम राख्ने गौरवको काम गरेको भन्दै आगामी दिनमा सफलताको कामना गर्दै बधाई दिए ।

बधाई कार्यक्रममा केन्द्रका अध्यक्ष दावातेम्बाले सोलुखुम्बु जस्तो बिकट जिल्लाको पनि शेर्पा समुदायबाट मोडलिङको क्षेत्रमा सफलता हासिल गर्नु गौरवको कुरा भएको बताउदै सफलताको शुभकामना दिए । भेटघाट तथा बधाई कार्यक्रममा गायक एपि शेर्पा,तेन्जिङ शेर्पा,ङाजुङ्म शेर्पा सहित हिमालयन सांस्कृतिक केन्द्रका परिवारको उपस्थिति रहेको थियो ।

निमा शेर्पाले यहि असोज ८ काठमाडौमा सम्पन्न भएको मिस नेपाल आइडलमा अन्तिम प्रतिस्पर्धामा छनोट भै उपाधी जित्न सफल भएका हुन । सोलुखुम्बु जिल््लाको पासङ ल्हामु गाउँपालिकामा जन्मेका शेर्पा हाल काठमाडौमा स्नातकोत्तरमा अध्यानरत छिन् । अध्यनकै शिलशिलामा मिस मंगोल २०१४ देखि यस क्षेत्रमा प्रवेश गरेको शेर्पाले जानकारी दिईन् ।

मिस मंगोलमा उनले टप फाईभसम्मको यात्रा गरे । त्यसपछि मिस शेर्पा २०१८ मा भाग लिदै फस्ट रनर अपको सफलता हात पारिन । अध्यानको खाली समयको सदुपयोग गर्दै मिस नेपाल आईडल २०१९ मा भाग लिने अवसर उनी बिजेता बनिन् । शेर्पा मिस पब्लिक चोइस समेतको बिजेता बनेकी छिन् । मिस नेपाल आइडल बिजेता बनेसंगै उनी सिधै मिस आईकन वल्र्डमा प्रतिनिधित्व गर्न पाउने भएकी छिन ।

मिस नेपाल आइडल २०१९ का बिजेता निमा लमु शेर्पालाई धरानमा स्वागत तथा बधाई दिईएको छ । शेर्पा पूर्वको सुन्दर शहर धरान आएको समय हिमालयन सांस्कृतिक केन्द्र धरानले स्वागत गदै बधाई दिएको हो ।  शेर्पा मिस स्टेट १ को कार्यक्रमको जजका रुपमा यहि असोज १७ गते धरान आएका हुन । शेर्पा कार्यक्रम सम्पन्न गरेर धरान रहदै आएको बेर्ला आइतबार सांस्कृतिक केन्द्रले भेटघाट गर्दै स्वागत तथा बधाई कार्यक्रम राखेको थियो ।

उनलाई शुभचिन्तक लगायत कार्यक्रममा उपस्थित भएका सबैले खादा ओढाएर सम्मान तथा बधाई दिएका थिए । बधाई दिने क्रममा हिमालयन महायान देछेन छोलिङ गुम्बाका अध्यक्ष ङावालप्ट शेर्पाले शेर्पा समुदाय हिमाल चढ्न मात्र नभई मोड्लिङ गायन लगायतको क्षेत्रमा लागेर समुदाय तथा देशको नाम राख्ने गौरवको काम गरेको भन्दै आगामी दिनमा सफलताको कामना गर्दै बधाई दिए । बधाई कार्यक्रममा केन्द्रका अध्यक्ष दावातेम्बाले सोलुखुम्बु जस्तो बिकट जिल्लाको पनि शेर्पा समुदायबाट मोडलिङको क्षेत्रमा सफलता हासिल गर्नु गौरवको कुरा भएको बताउदै सफलताको शुभकामना दिए ।

भेटघाट तथा बधाई कार्यक्रममा गायक एपि शेर्पा,तेन्जिङ शेर्पा,ङाजुङ्म शेर्पा सहित हिमालयन सांस्कृतिक केन्द्रका परिवारको उपस्थिति रहेको थियो । निमा शेर्पाले यहि असोज ८ काठमाडौमा सम्पन्न भएको मिस नेपाल आइडलमा अन्तिम प्रतिस्पर्धामा छनोट भै उपाधी जित्न सफल भएका हुन । सोलुखुम्बु जिल््लाको पासङ ल्हामु गाउँपालिकामा जन्मेका शेर्पा हाल काठमाडौमा स्नातकोत्तरमा अध्यानरत छिन् । अध्यनकै शिलशिलामा मिस मंगोल २०१४ देखि यस क्षेत्रमा प्रवेश गरेको शेर्पाले जानकारी दिईन् ।

मिस मंगोलमा उनले टप फाईभसम्मको यात्रा गरे । त्यसपछि मिस शेर्पा २०१८ मा भाग लिदै फस्ट रनर अपको सफलता हात पारिन । अध्यानको खाली समयको सदुपयोग गर्दै मिस नेपाल आईडल २०१९ मा भाग लिने अवसर उनी बिजेता बनिन् । शेर्पा मिस पब्लिक चोइस समेतको बिजेता बनेकी छिन् । मिस नेपाल आइडल बिजेता बनेसंगै उनी सिधै मिस आईकन वल्र्डमा प्रतिनिधित्व गर्न पाउने भएकी छिन ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button