Uncategorizedराजनीतिसमाचारहेडलार्इन

धरान उपमहानगरपालिका र दलका नेताहरुका कारण खानेपानीको ट्यांकी बनेन , दुई करोड चालीस लाख फ्रिज हुन लाग्यो

धरान उपमहानगरपालिका र चार दलका नेताहरुका कारण विजयपुरमा निर्माण हुने भनिएको खानेपानीको ट्यांकी बन्न सकेन । आईयुडिपी परियोजनाले बिजयपुरमा खानेपानी ट्यांकी निर्माणको लागि रुख कटान गरेपछि चार किरात र पहिचाबादी दल संघ संस्थाले बिरोध जनाएका थिए । बिरोध पश्चात परियोजनाले ट्यांकी निर्माणको काम स्थागीत गरिएको थियो ।

धरान उपमहानगरपालिका र चार किरात बीच १८ बुँदे संझौता भएको हो । किरातको संरचना निर्माण गरिदिने भन्दै परियोजनाले आवश्यक बजेट विनियोजन गर्ने भनिएको थियो । चालू आर्थिक वर्षमा शहरी बिकास मन्त्रालय मार्फत २ करोड ४० लाख बजेट विनियोजन भएको छ । आईयुडिपी परियोजनाको म्याद यहि डिसेम्बरमा सकिने भएकोले विनियोजन भएको उक्त बजेट बारे छलफल गरेका छन् । भदौ र असोजमा चार किरातका प्रतिनिधि पहिचानबादी दलहरु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान,राष्ट्रिय जनमुक्ति पार्टी,मंगोल नेशनल अर्गनाइजेसन गोपाल गुरुङ सहित आदिवासी जनजाति बिकास समिति धरानको संयुक्त बैठक बसेको छ ।

बैठकले तत्कालीन फडानी गरेको स्थानमा पुनः पानीट्यांकी नबनाउने सर्त सहित विनियोजित बजेट २ करोड ४० लाख कार्यान्वयन गर्न धरान उपमहानगरपालिकालाई माग गर्ने निर्णय भएको किरात याक्खा छुम्मा धरान नगर समितिका अध्यक्ष हेमराज जिमि याक्खाले जानकारी दिए ।
मन्त्रालयबाट परियोजनाको पंचकन्या बन घेरा बेरा (तारबेरा) भनेर नामांकन भई आएकोले बिजयपुर दरवार क्षेत्र घेराबेरा ( तारबेरा) नाम सच्याउने बैठकले निर्णय गरेको छ । परियोजना सम्पन्न गर्न खुल्ला टेण्डर आह्वान गर्ने निर्णय समेत गरेको छन् ।

सो क्षेत्रमा चार किरातका के कस्तो संरचना बनाउने भन्ने बारे सम्बन्धित जातिय संस्थाहरु बीच आधिकारिक निर्णय सहितको छलफल भएको बताईएको छ । परियोजना तथा बजेट सही कार्यान्वयनको लागि १२ सदस्यीय अनुगमन समित पनि गठन गरिएको छ । समितिमा धरान उपमहानगर १५ नम्बर वडा समितिका वडा अध्यक्ष तथा आदिवासी जनजाति बिकास समिती धरानका संयोजक नरेश इवारम संयोजक सदस्यहरुमा नेपाल आदिवासी जनजाति धरान नगर अध्यक्ष सुबास चन्द्र हुक्पाचोङ्बाङ,किरात याक्थुङ चुम्लुङ सुनसरीका अध्यक्ष मोहन लिम्बू, किरात राई यायोक्खा सुनसरीका उपाध्यक्ष हिन्दुहाङ राई,याक्खा छुम्मा धरान अध्यक्ष हेमराज जिमि,सुनुवार सेवा समाज धरान कार्य बाहक अध्यक्ष गोपाल सुनुवार,संघीय लिम्बुवान धरान अध्यक्ष सन्जुहाङ साँवा लिम्बू,संघर्ष समिति प्रतिनिधि दिनेश वान्तावा राई,मंगोल नेशनल अर्गनाइजेसन गोपाल गुरुङ धरान अध्यक्ष लोकबहादुर राई,ताजुप लिम्बू,लिम्बू विद्यार्थी मंचका सागर चेम्जोङ राष्ट्रिय जनमुक्ति पार्टीका धरान नगर अध्यक्ष चित्रराज थापा मगर रहेका छ्न ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button