अर्थ खबरसमाचार

अभावको सिर्जना गरी काला बजारी गर्ने व्यापारीलाई छोड्दैन सरकारले ः आपूर्ति मन्त्री यादव , भिडियो सहित ……

दिल बहादुरा राई

दशैको मौका छोपेर मासुको भाउ बढाउने व्यापारीलाई सरकारले छुट् नदिने नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले बताए । बराह गुरुपको २५ औं रजत महोत्सव उद्घाटनको अवसरमा धरान आएका मन्त्री यादवले यस्तो बताएका हुन् । दशैमा व्यापारीले मासुको भाउ पहाडमा र फागु पर्वको बेला तराईमा बढाउने गरेको गुनासो सर्वसाधरणले गर्ने गरेकाले स्थानीय सरकार र प्रशासनलाई बजार अनुगमनमा ध्यान दिन आग्रह गरेका छन् ।

‘बजारमा अभाव देखाएर कोही व्यापारीले काला बजारी गर्छ भने उनलाई अप्ठारो पर्छ’ मन्त्री यादवले भने । ‘प्रदेशका सबै सांसद,मन्त्री,स्थानीय सरकार,महानगरपालिका र उपनगरपालिकाका मेयर र प्रशासनलाई बोलाएर दैनिक उपभोग्य बस्तु सरल र सहज ढंगले आपूर्ति होस सबैलाई निर्देशन दिएकोछु उनले भने’,

‘यस पालीको दशैमा बजारमा मासु लगायत दैनिक उपभोग्य बस्तुमा कुनै गड्बड् नहोस,यदी गडबडी भए सरकारले मन नलाग्दा नलाग्दै त्यस्ता काला बजारी गर्ने व्यापारीलाई थुन्नु पर्ने बाध्य हुन्छ , कसैलाई थुनुवामा राख्ने मन सरकारलाई छैन, चाडवार्ड भनेको सबैको लागि हो । यस बेला अभाव सिर्जना गरेर काला बजारी गर्नु भन्दा सबैले खुशी¥याली साट्ने र रमाईलो गर्ने दशै,तिहार पर्व हो । यो बेला कसैले मौकाको फाईदा छोप्न अभावको सिर्जना गरेर भाउ बढाउन खोज्छ भने त्यो बैमानी र अपराधी मानसिकता हो । त्यस्ता व्यापारीलाई सरकारले छुट् दिदैन’ मन्त्री यादवले व्यापारीलाई इंकित भने ।

 


अहिले काठमाण्डौं लगायत देशका विभिन्न शहरमा बजार अनुगमन भईरहेको छ । अनुगमनमा काला बजारी गर्ने र दैनिक उपभोग्य बस्तुको अभाव सिर्जना गर्ने व्यापारीलाई सरकारले थुनुवामा राख्न बाध्य भएको छ । दशैको बेला घरपरिवार संग हाँसीखुशी चार्ड मनाउने बेला हिरासतमा कुनै पनि व्यापारीलाई थुन्न नपरोस मन्त्री यादवले कार्यक्रममा बोल्दै भने ।

रजत महोत्सलाई सम्बोधन गदै मन्त्री यादवले सुनचाँदी सौन्दर्यका लागि मात्रै नभएर स्वास्थ्यका लागि पनि उपयोगी भएको बताए । मन्त्री यादवले धराने जनताका लागि खुशीको कुरा छ भन्दै धरान ६ नम्बर वडा पानवारीमा औधोगिक ग्राम बनाउन धरान उपमहानगरपालिकाले गरेको प्रस्ताव मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको जानकारी दिए । असोज ७ गते भएको निर्णय अनुसार उक्त प्रस्ताव स्वीकृत भएको उनले बताए । मन्त्री यादवले देशभरीका ३२ स्थानीय तहमा औधोगिक ग्राम बनाउने सरकारको निर्णयमा प्रदेश नम्बर १ मा धरान परेको जानकारी दिए ।
रजत उत्सवको अवसरमा लक्की ड्र मार्फत विजेता बन्दै धरान १३ निवासी सुनिता शाक्यले भेष्पा स्कुटर प्राप्त गरिन् । बराहले धरान, भेडेटार र इटहरीका गरी जम्मा १३ जना सर्वाधिक कारोबारकर्तालाई स्वर्णपदक सहित सम्मान गरेको छ ।
त्यस्तै पत्रकारीता पुरस्कारमा यसवर्ष गंगा बराल,रत्न आचार्य,गम बहादुर लम्जेल संघर्षशिललाई इन्द्र बराह पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित गरिएको हो । रजत उत्सव पत्रकारीता सम्मान पुरस्कारबाट पत्रकार भैरब आङ्ला, गोपाल दाहाल, सन्तोष काफ्ले सम्मानित भएका छन् । रजत प्रोत्साहन पुरस्कार गोपाल कामत र बिनय प्रधानलाई प्रदान छ । साथमा रजत जयन्ती समारोहमा चिकित्सक, समाजसेवी, बराहका अभिभावक, सल्लाहकारहरूलाई पनि सम्मान गरिएको थियो ।

राष्ट्रिय कलाकार विल्शन विक्रम राई (तक्मे बुढा), गायक तथा संगितकार कालीप्र्रसाद बास्कोटा, गायक हर्कुलश बस्नेतले कार्यक्रममा प्रस्तुति राखेका थिए । उत्सवको अबसरमा बराह ज्वेलरी इन्डष्ट्रिजले नै उत्पादन गरेको जातीय पहिचान झल्कने आधुनिक तथा परम्परागत गर गहनाको ज्वेलरी शो समेत गरिएको थियो । रजत उत्सव कार्यक्रममा बिशिष्ट अतिथिका रूपमा कृषि तथा पशुपंक्षी राज्यमन्त्री रामकुमारी चौधरी, प्रदेश सभाका उपसभामुख सरस्वती पोखरेल, प्रदेश नम्बर १ का सांसद लगायतको उपस्थिति रहेको थियो । बराह गुरुपका अध्यक्ष शिव लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button