अर्थ खबरसमाचारहेडलार्इन

दशै भित्रिए संगै खसी,बोका र च्यांग्राको मुल्य तोकियो

नेपालीहरुको महान पर्व दशै भित्रिए संगै सरकारले सोमबार खसी,बोका र च्यांग्राको मुल्या तोकेको छ । सर्वसाधारण सबैले खसी,बोका च्यांग्राकोे मासु सहुलियत मुल्यमा उपभोग गर्न सकुन् भन्ने उद्देश्यले खसीबोका प्रतिकेजी ५५० र च्यांग्राको प्रतिकेजी ७३० रुपैयाँ तोकेको हो । यो मुल्य संस्थानले निजी क्षेत्रको भन्दा प्रतिकेजी खसीबोकामा ७० रुपैयाँ र च्यांग्रा ३० रुपैयाँ सस्तो गरेको छ ।

वाणिज्य उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र सचिवसँगको छलफल पछि सोमबार बिहान बसेको बैठकले खसीबोकाको प्रतिकेजी मूल्य ५५० रुपैयाँ र च्यांग्रा ७३० रुपैयाँमा तोक्ने निर्णय गरेको बताए ।

महानिर्देशक गौचनले निजी क्षेत्रको बजार मुल्य अध्ययन गरेर सरकारले खसी र च्यांग्रा सहुलियत तोकेको बताए । महानिर्देशक गौचनले दसैंमा बजार मुल्य नियन्त्रणका गर्न सरकारले दसैंका लागि सहुलियत मुल्य तोकेको बताए । विगतका वर्षदेखि नै सरकारले महँगी नियान्त्रण गर्न सहुलियत मुल्य तोक्दै आएको थियो ।

बिक्री मुल्य खसीबोका प्रतिकेजी ५६० मा च्यांग्रा ७४० रहेको छ । प्रतिकेजी खसीबोका र च्यांग्रा प्रतिकेजी १०÷ १० रुपैयाँ अनुदान गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोकाको प्रतिकेजी मूल्य ५५० रुपैयाँ र च्यांग्रा किलोको ७३० रुपैयाँमा बिक्री गरेको बताए । गौचनले भने व्यवसायीहरुले खसीबोका प्रतिकेजीे ६२० रुपैयाँ र च्यांग्रा ७६० रुपैयाँमा बिक्री गर्दै आएका छन् ।

गतवर्षको दसैंमा तत्कालीन नेपाल खाद्य संस्थानले प्रतिकेजी खसीबोका ५५० रुपैयाँमा बिक्री गरेको थियो भने च्यांग्रा ७१० रुपैयाँ बिक्री गरेको थियो । महानिर्देशक गौचनको भनाइअनुसार यस वर्ष जिल्लामा नै खरिद मूल्य धेरै बढेको हुँदा यस वर्ष गत वर्षको भन्दा प्रतिकेजी ५० रुपैयाँ बढ्ने छ । यस वर्ष खसीबोका ढुवानी मुल्य पनि बढेको हुँदा मुल्य बृद्धि हुन सक्ने बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी प्रवक्ता सर्मिला न्यौपाने यस वर्ष दसैंका लागि सहुलियतमा ल्याएका खसीबोकाको खरिद मूल्य जिल्लामै प्रतिकेजी ५ सय देखि ५७० परेको जनाएको छ । दाङबाट ल्याउन खसीको प्रतिकेजी मूल्य ५३५ रुपैयाँ परेको र हेटांैडाबाट ल्याउने खसीबोकाको प्रतिकेजी खरिद मुल्य ५७० रुपैयाँ परेको उनले बताइन ।

कम्पनीले यस वर्ष दसैंका लागि विभिन्न जिल्लाबाट ३ हजार खसीबोका र च्यांग्रा बिक्री गर्ने भएको छ । कम्पनीका अनुसार २ हजार च्यांग्रा र १ हजार खसीबोका बिक्री गर्ने जानकारी गराएको छ । कम्पनीले च्यांग्रा मुस्ताङबाट र खसी बोका दाङ, हेटांैडा, जिल्लाबाट आइरहेको कम्पनीले जनाएको छ । दाङबाट ५ सय र हेटौंडाबाट ५ सय खसीबोका ल्याउन लागेको छ । मुस्ताङबाट २ हजार च्यांग्रा आइरहेको कम्पनीले जनाएको छ ।

प्रवक्ता न्यौपानेले सोमबार सम्म च्यांग्रा ५५० आएको र खसीबोका ७६९ आएको बताइन । जसमा बिक्री सुरु गरेको पहिलो दिनमै ८९ वटा खसीबोका र च्यांग्रा बिक्री भएको बताइन । उनले च्यांग्रा ३८ र खसीबोका ५१ वटा बिक्री भएको बताइन् । गत वर्ष संस्थानले दसैंका लागि २ हजार खसीबोका र च्यांग्रा ल्याउने लक्ष्य राखेको भए पनि १ हजार ४ सय खसीबोका र च्यांग्रा काठमाडौंमा भित्र्याएकोे थियो ।

यसैगरी, खसीबोका व्यवसायी दीपक थापाका अनुसार बजार खसीको प्रतिकेजी ६ सयदेखि ६५० रुपैयाँ र बोकाको ५५० देखि ५८० रुपैयाँसम्म बिक्री भइरहेको छ । थापाले दसैंका लागि खसीबोका दैनिक उपत्यकामा ३ हजार भित्रिरहेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button