अर्थ खबरसमाचारसमाज

एघार लाख बढी नाफा सार्वजनिक गदै उद्यमशिल बचत तथा ऋण सहकारीले सातौँ वार्षिक साधारणसभा मनाए

 

एघार लाख बढी नाफा सार्वजनिक गदै उद्यमशिल बचत तथा ऋण सहकारीले सातौँ वार्षिक साधारणसभा मनाएको छ । शनिबार आयोजना भएको बार्षिक साधारण सभा कार्यक्रममा संस्थाका अध्यक्ष डा. योगेन्द्र राईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७५र७६ मा खुद नाफा ११ लाख ८ हजार ९ सय ३६ रूपैयाँ भएको जानकारी दिएको हो ।

उनले संस्थाको हाल कुल शेयर पुँजी १ करोड ६१ लाख ४४ हजार रूपैयाँ रहेको बताउदै कुल निक्षेप ९ करोड २१ लाख ४२ हजार १ सय २१ रूपैयाँ रहेको बताएका छन् । सरकारीले यस वर्ष १ करोड ६७ लाख २७ हजार ३ सय ४८ रूपैयाँ कुल आम्दानी गरेकोमा कुल खर्च १ करोड ५६ लाख १८ हजार ४ सय ११ रूपैयाँ गरेको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

 


साधारण सभामा सहकारीको उपलब्धीबारे जानकारी दिदै सहकारीका व्यावस्थापक जित बहादुर राउतले सहकारीले गत सालभन्दा यस वर्ष शेयर रकममा ४५।५ प्रतिशत र बचतमा ८३।३० प्रतिशतले वृद्धि भएको बताएका छन । साथमा उनले संस्थाले गरेको ९ वटा उपलब्धीको साथमा आर्थिक वर्ष २०७५र७६ मा सम्पन्न भएका मुख्य कार्यहरूको बारेमा शेयर सदस्यहरूलाई जानकारी गराएका थिए ।

कार्यक्रममा सहकारीका लागि जग्गा खरीद गर्न सहयोग प्रदान गर्ने आशाकुमारी राई, बराह डेन्टल केयर, अनिता श्रेष्ठ, इन्द्रबहादुर बिक, राजनकुमार लामिछाने लगायत १७ जनालाई सम्मानपत्रले सम्मान गरीएको थियो । यसैगरी संस्थाले नियमित बचत गर्नेहरुमा असल बचतकर्ता महिलामा सरिता श्रेष्ठ र पुरुषमा राजेन्द्रप्रसाद लखेटीयालाई सम्मान गरेको छ । साथमा उच्च बचतकर्तामा महिलातर्फ निर्माला मोक्तान र पुरुषमा नारायण तामाङ सम्मानित भएका छन ।

यसका साथै नियमित तथा अनुशासित रुपमा ऋणको किस्ता बुझाउने संस्थाको असल ऋणी अनिता श्रेष्ठलाई समेत सम्मान गरीएको थियो । साथमा असल पुरुष ऋणिमा भुपाल विकलाई सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट फिल्ड कर्मचारीमा बल बहादुर लिम्बु, असल तथा नियमित फिल्ड कर्मचारीमा ज्योति राई, उत्कृष्ट नियमित कार्यालय कर्मचारीमा सृजना राई सम्मानित भएका छन् । यसैगरी संस्थाको जेष्ठ सदस्य श्याम श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमको उद्घाटन प्रदेश नम्बर १ का सभामुख प्रदिपकुमार भण्डारीले पानसमा द्विप प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा बोल्दै सभामुख भण्डारीले तीनखम्बे अर्थनीति अन्तर्गत महत्वपूर्ण क्षेत्र सहकारी पनि रहेको बताएका छन । सहकारीले हरेक नागरिकको घरघरमा छोएको बताउँदै उनले सबै नेपालीको चाहना पूरा गरेर आर्थिक रुपान्तरणको निमित्त सफल बन्नको लागि सहकारीले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button