Uncategorizedसमाचारहेडलार्इन

धरानमा ईष्ट टुरिजम मार्टको दोस्रो संस्करण हुने , भिडियो सहित

सुनसरीको धरानमा ईष्ट टुरिजम मार्टको दोस्रो संस्करण हुने भएको छ । नेपालको पूर्वी क्षेत्रको पर्यटन प्रबद्धनका लागि संस्करण सञ्चालन गर्न लागिएको हो । संस्कारण सफल बनाउन स्थानीय सरकार र पुर्वका पर्यटन ब्यवसायीहरु लागि परेका छन् ।

मार्टको दोस्रो तयारी गरिएको जानकारी दिन मंगलबार धरानको उद्योग बाणिज्य संघमा सरोकारवाला,पर्यटक व्यवसायी र स्थानीय सरकार बिच छलफलका लागि पत्रकार सम्मेलन गरिएको थियो ।

सो छलफलमा आगमी असोज ४, ५ र ६ गते धरानको सिद्धिनेवा परिषद भवन परिसदमा दोस्रो संस्करण हुने जानकारी गराईएको हो । कार्यक्रम प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने तय भएको छ । त्यस्तै संस्करणमा केन्द्रीय पर्यटन मन्त्री योगेश भट्टराईको समेत सहभागीता हुने आयोजकले जनाएको छ ।

एक नम्बर प्रदेशका १४ बटा जिल्ला साथै अन्य ६ बटा प्रदेशको पर्यटन ब्यवसायी तथा विषेश ब्यत्तित्वहरुलाई धरानमा ढाकेर पर्यटनको माध्यममाबाट एक नम्बर प्रदेशलाई चिनाउने उद्देश्यले संस्करणको आयोजना गरिएको आयोजकको भनाई छ । पर्यटन प्रबद्र्धन र पर्यटन ब्यवसायलाई आर्थिक क्षेत्रमा समेत सहयोग पु¥याउने लक्ष्य लिएको प्रदेश नं. १ का पर्यटन संयोजक भबिष कुमार श्रेष्ठले बताए ।

मार्टको दोस्रो संस्करणमा छिमेकी देश भारतका बिहार,सिक्कीम,कलकत्ता,भुटान र अन्र्तराष्ट्रिय बंगलादेश लगायत विभिन्न देशका सयौं पर्यटक भित्राई धरान र प्रदेश नं. १ का सबै जिल्लाका पर्यटकीय क्षेत्रहरुको बारेमा पहिचान गराईने उनले बताए । नेपाल आएका पर्यटक संग आफ्नो र उनीहरुको देशमा भएको पर्यटन मार्फत के कसरी पर्यटन प्रबद्र्धन र सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल बहस गरिने संयोजक श्रेष्ठको भनाई छ ।

उक्त तीन दिने संस्करण मेलामा १ नं. प्रदेश बाहेक अन्य प्रदेशका लुम्बीनी,काठमाडौ,पोखरा,चितवनका क्रमस ७,९,९ र ४ गरी करिब ३० वटा स्टल र पर्यटन सम्बनधीका सामग्रीहरुको पर्दशन गरिने भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button