मुख्य समाचारसमाचारस्वास्थ्यहेडलार्इन

युवायुवती हुक्काको लतमा यसरी फस्दैछन

दिल बहादुर राई

हुक्काको लतमा दिनानुदिन युवायुवती फस्दैछन् । अभिभावकहरुले आफ्ना छोराछोरी सीधासाधा छन् भनेर विश्वास गर्छन । कुनै कुलतमा फसेका छैन भन्छन् तर अभिभावकको नजरमा सोझासाझा देखिएका युवायुवतीहरु जाँडरक्सी, चुरोट, हुक्का, लागुऔषध अनेक लतमा फस्दै गईरहेका हुन्छन् ।

अभिभावकले बेलैमा छोराछोरीको बारे ध्यान नदिदा पछिल्लो समय हुक्का खाने युवा युवतीको संख्या ह्वात्तै बढेको छ । त्यसको प्रयोग गरेर हुने असरबारे बुझ्दै नबुझी साथीसंगतमा युवायुवतीहरू हुक्काको लतमा झुमिरहेका छन्। ।

त्यस्ता युवायुवतीहरू होटल, रेस्टुरेण्टमा गएर हुक्का तानेर धुवाँ उडाउँदै आनन्द मानिरहेका हुन्छन्। धरानका बगरकोट र धनकुटाको भेडेटारका अधिकांश होटलहरूका मेनुमा होस या बाहिर नास्ता पसलहरुमा समेत हुक्कको धुवाँ उडाईरहेको भेटिन्छ ‘हुक्का एभाइलेबल’ (यहाँ हुक्का पाइन्छ ) भनेर लेखेका पाइन्छ ।

बोलीमै हुक्का फ्लेबर १ रेस्टुरेन्टहरूमा विभिन्न रङ र साइजका हुक्का सजाएर राखिएका हुन्छन् । कति रेष्टुरेण्टहरु हुक्काको कारण चलिहरेका छन्। हुक्काका पारखीहरूले हुक्का माग्न परे सिधै हुक्का भनेर माग्दैनन्। उनीहरूले हुक्काको पनि अनेक नाम राखेका छन्। ।
युवा युवतीहरूले हुक्कालाई शिशा, नर्घिल, अर्घिले, वाटरपाइप, हुब्बल बब्बल, गोजा नाम दिएका छन्। हुक्काका पारखी युवायुवतीहरूको बोलीले नै उनीहरू हुक्काका सेवनकर्ता हुन भन्ने ठम्याउन त्यति गाह्रो हुँदैन ।

क्षणिक रमाइलोले रोगलाई निम्तो गरीरहेको हुन्छ । हुक्का तान्ने साथीसँगै जाने कुनै साथीले तान्न मानेन भने ऊ त्यहाँ अपहेलित नै हुनुपर्ने अबस्था नै सिर्जना हुन्छ । हुक्का फेशन जस्तै बनेको छ । तर, उनीहरूले त्यसले गर्ने क्षति र हानीका बारेमा कल्पना समेत गरेका हुँदैनन्। सुनसरी अस्पतालका डाक्टर मनोज घिमिरे भन्छन ।

‘एउटा हुक्का पिउनु २ सय खिल्ली चुरोट पिउनु भन्दा बढी हानिकारक हुन्छ ।’ चुरोटको सर्को कहिल्यै नतानेका युवायुवतीले हुक्काको स्वाद चाखिसकेका छन्। स्याउ, आरु, नरिवल, आँप, पुदिना, कोला, स्ट्रबेरीका फ्लेबरमा हुक्का उपलब्ध छन्। । १ प्रदेशमा दैनिक ५ हजार बढीले हुक्का पिउँछन भन्ने व्यापारीहरूकै तथ्यांकले बताउँछ ।

धरानका बगरकोट , धनकुटाको पर्यटकिय क्षेत्र भेडेटार र धरान धनकुटा नागबेली कोशीराजमार्ग छेउछाउमा खोलिएका नास्ता पसल देखि सावजनिक यातायातले खाना खुवाउने होटल लगायत अर्गानिक मानिएको होमस्टे क्षेत्र भनिएका नाम्जेका होटल रेष्टुरेण्टमा प्राय सबैले हुक्का बिक्री गर्ने गरेको व्यवसायीहरु बताउँछन् । दैनिक ५ हजार जनाले हुक्का सेवन गर्छन भन्ने होटल तथा रेष्टुरेष्ट र हुक्काको पोड बेच्ने पसलहरूको तथ्याङकले देखाएको हो ।

२५ हजार ९ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको प्रदेश नं. १ का पछिल्लो जनगणनाअनुसार ४५ लाख ३४ हजार ९ सय ४३ बढी मानिसहरूको यहाँ बसोबास रहेको छ । एउटा हुक्का ३/ ४ जनाले पालैपालो खान मिल्छ, तर सरदरमा हेर्ने हो भने १८ सय पोर्ड हुक्का मध्ये एउटामा ३ जनाले खाने हो भने पनि दिनको ५ हजार युवायुवती हुक्का सेवन गर्ने गरेको देखिन्छ ।

प्राय जन्मदिनको अवसरमा हुने पार्टीहरूमा हुक्का बढी बिक्री हुने गरेको छ । ‘हामीले १८ वर्ष नपुगेका र विद्यार्थीहरू आएमा हुक्का बिक्री गरेका छैनौँ भन्छन् होटल व्यवसायीहरु । ‘मैले मेरो होटलमा दिएको छैन तर मैले नदिए पनि अरू होटलमा गएर खाने गरेका छन्। यसरी आफु चोखिन्छन् व्यवसायीहरु , ब्यापार त हो नी भनेर विद्यार्थी, बालबालिका ,गर्भवती महिलालाई चुरोट, बियर ,हुक्का तथा वाइन बिक्री नगर्नु भनेर सरकारले बन्देज गरेपनि नियामनकारी निकार्यले नियामन नगर्दा यस्ता कार्यको बढुवा भएको जानकारहरु बताउँछन् ।

समाजम जाँड रक्सी, चुरोट, लागुऔषध खाएको फोटो देखाउन लाज मान्नेहरू हुक्का पिएको फोटो भने सजिलै सामाजिक सञ्जालमा पोष्ट गरिरहेका हुन्छन्। । जसले गर्दा किशोर–किशोरीहरू पनि त्यसबाट प्रभावित भएको र हुक्काको कुलतमा लागेको विज्ञहरुको बताउँछन् । हुनेखाने अभिभावकले छोराछोरी बाहिर रेस्टुरेण्टमा गएर हुक्का तानेको देखे समाजले नराम्रो सोच्छन् भन्ने डरले घरमै हुक्का किनेर ल्याईदिने गरेको भेटिन्छ ।

हुक्काका पारखीहरूलाई उनीहरूका अभिभावकहरूले नै साथ दिइरहेको पाइन्छ । ‘आजभोलि म खासै होटलमा हुक्का खानलाई जाँदिन,’ एक हुक्का खाने युवतीले कोशी पोष्ट डटकम खबरसँग भने, ‘ मलाई बाहिर गएर खाँदा समाजले नराम्रो मान्छन भनेर घरमा आमाबाबाले नै पोट ल्याईदिनु भएको छ, घरमा नै खान्छु।’ आजभोलि बाहिर कहिलेकाहीँ साथीहरूको जन्मदिन वा कुनै पार्टीहरूमा गएर मात्र खाने गरेको उनी बताउँछिन् ।

बाहिर होटलमा भन्दा पनि घरमै परिवारको साथमा खानेको संख्या बढ्दै गएको देखिन्छ । परिवारले हुक्काको असरबारे जानकारी नपाएर होस या छोरा छोरीलाई नियन्त्रणमा राख्न होस, आफ्ना छोराछोरीले हुक्का पिउनुलाई सामान्य रुपमा लिइरहेका छन्। धरानका हुक्का पाइने अधिकांश होटल तथा रेष्टुरेन्टहरूमा जाने हो भने १८ बर्ष भन्दा कम उमेर समूहका युवायुवतीहरूको जमात भेटिन्छ ।

तर होटल व्यवसायीहरूले १८ बर्ष भन्दा कम उमेर समुहका युवा युवतीहरूलाई हुक्का नदिएको दाबी गर्छन्। । बाबुबाजेका पालादेखि चिरपरिचित हुक्का नेपाली संस्कृति होइन । इतिहास अनुसार यसको शुरुवात पाँच सय वर्षअघि पर्सियामा भएको हो भन्ने किमादन्तीमा भेटिन्छ ।

छिमेकी देश भारत हुँदै नेपाल भित्रिएको हुक्का गाउँघरतिर बुढापाकाले मात्र सेवन गथ्ये । नेपालमा अहिले पर्यटकको आगमन हुन थालेपछि विस्तारै व्यवसायको रुपमा देखिन थालेको हुक्का युवायुवतीको फेशन बन्दा लतको रुप लिएको हो । पहिला पहिला बुढापाकाले पित्तल र काठ, बाँसबाट बनाएको तमाखु हुक्कालाई अहिले काँचका फ्लेबर हुक्काले बिस्थापीत गरेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button