समाचारस्वास्थ्य

औषाधलय पसलमा चोरी

मोरङको उर्लाबारीमा औषाधलय पसल तोडफोड गरी चोरी भएको छ । गत बुधबार राती उर्लाबारी –६ स्थित चित्ररेखा आयुर्वेदिक औषाधलयमा करिब २ लाख रुपैयाँ बराबरको चोरी भएको हो ।

चाडपर्व नजिकिँदै गर्दा दुले चोरहरु चोरीमा सक्रिया हुन थालेका छन् । औषाधलयबाट नगद १ लाख ५० हजार सहित सुनका गहना चोरी भएको सञ्चालक बिष्णु कार्कीले जानकारी दिए ।

उर्लाबारीको इलाका प्रहरी कार्यालय बाट १ सय मिटरमा रहेको चित्ररेखा आयुर्वेदिकमा पछाडीपट्टीको च्यानगेटको ताला फुटाएर चोरी गरिएको छ ।

त्यस्तै, उर्लाबारी–६ कै मोरङ मोरङ कलेजमा पनि बुधबार राती नै चोरीको प्रयास भएको स्थानीयहरु बताउँछन् । २ जना कलेज भित्र प्रवेश गरी चोरीको प्रयास गरेको सिसीक्यामेराको फुटेजमा देखिएको छ । दराजमा क्षति पुगेको भएपनि चोरी नभएको विद्यालयका प्रबन्धक निर्देशक यादब भण्डारीले जानकारी दिए । यता इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले चाडपर्वको मौका छोपेर दुले चोर सक्रिय भएकाले रात्रिकालिन गस्ती बढाएको बताउँछन् ।

चोरीमा संलग्नता भएको केही आरोपीलाई पक्राऊ गरिएको निरिक्षक राईले जानकारी दिएका छन् । नेपाल आयुुवेर्दिक औषधी व्यवसायी संघ प्रदेश नं. १ का अध्यक्ष जगत बहादुर भट्टराईले चोरीमा संलग्न भएका र पहिचान खुलेकालाई कानुन बमोजिम कडा कारबाही गरिनु पर्ने बताए । व्यवसाय मन्ध रहेको समय कम्पनीलाई बुझाउन जम्मा गरेको नगद र सुनका गरगहना विष्णु कार्कीको औषधलयबाट चोरी भएकोमा नेपाल आयुवेदिक औषधी व्यवसायी १ नं. प्रदेश समितिको ध्यानआकर्षन भएकोे अध्यक्ष भट्टराईले जानकारी दिए । चाडवार्ड नजिकिन्दै गएकाले प्रहरी प्रशासनले रात्रिकालिन गस्ती बढाएर यस्ता घटना प्रति गम्भिरता हुनु पर्ने भट्टराईको भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button