शिक्षासमाचार

आइडियल इंगलिस बोर्डिङ स्कूलले ब्रिटिस काउन्सिलको पदक जित्यो

सुनसरीको धरान १४ विजयपुरमा अवस्थित आइडियल इंगलिस बोर्डिङ स्कूलले ब्रिटिस काउन्सिलको राष्ट्रिय पदक जितेको छ । काउन्सिलको शिक्षा विभाग र नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रको सहकार्यमा सञ्चालित सन २०१९ को राष्ट्रिय पदक स्कूले जितेको हो ।

विद्यालय शिक्षा पदक ९क्ष्।क्।ब्। बधबचम द्दण्ज्ञढ ० यही २० अगष्टमा नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिस तथा शिक्षा मन्त्रालयका सचिव खगराज बरालले संयुक्त रुपमा काठमाण्डौको होटल याक एण्ड यतिमा एक समारोहका बीच आइडियल विद्यालयलाई पदक प्रदान गरिएको थियो ।

 

२१ सौं शताब्दीमा आवश्यक पर्ने व्यक्तित्वका विविध आयामलाई शिक्षा तथा सीपका माध्यमबाट बालबालिकामा स्थानान्तरण गर्ने क्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको सक्रियतामा अहम भुमिका खेले बापत सो पुरस्कार प्राप्त गर्न सफल भएको शनिबार पत्रकर सम्मेलन मार्फत बिलालय व्यवस्थापक सागर खड्काले जानकारी दिए ।

सो अवार्डका लागि बिद्यालयले क्ष् क् ब् कार्यक्रम (प्रोजेक्ट) का ६ वटा व्यक्तित्व विकासका गुणसग सम्बन्धित उद्देश्यमा केन्द्रित रही स्थानीय पाठ्यक्रमलाई समेटेर १० वटा विभिन्न प्रयोगात्मक कार्यक्रमहरू सम्पन्न गरेका थिए ।

जसमा विद्यार्थीलाई प्राथमिक उपचार, साइबर क्राइम, स्थानीय धार्मिक सांस्कृतिक स्थलको संरक्षण सम्बर्धन गर्ने तरिका, भूकम्प, बाढी, पहिरो आदि प्राकृतिक प्रकोप र तिनबाट जोगिन अपनाउनु पर्ने सावधानी, स्थानीय रुपमा पाइने जीव जनावर र तिनको संरक्षण, आफ्नो सांस्कृतिक पोसाकको पहिचान र प्रवर्धन, समयबजी अर्थात आफ्ना ठाउँमा पाइने खाना बनाउने तरिका, संस्कृतिमा मिसिएका विकृति, विद्युतीय साक्षरता लगायतका विषयमा योजना बनाएर प्रस्तुत गरिएको खडकाले जानकारी दिए ।

सम्मेलनमा निर्दैशक खडकाले विद्यालयका शिक्षक र विद्यार्थीहरुको सक्रियता,ज्ञान र सीपमा विद्यालय उत्कृष्ट रहेको प्रमाणित गरेकाले यो पदक प्राप्त गर्नु स्कूलको लागि मात्र नभएर समग्र धरानकै लागि गौरवपूर्ण कुरा रहेको बताए ।

बिद्यायलयका प्रिन्सिपल भरत खड्का क्ष्क्ब् प्रमुख मनोज गुरुङ,नेपाली बिभाग प्रमुख टीका राम दाहाल समेतको उपस्थिी रहको थियो । देशभरबाट १५७ बिद्याललयको सहभागीता रहेपनि ४१ बटा बिद्यालयले मात्र अवार्ड जित्न सफल भएका थिए । त्यसमा धरानबाट आइडियल इंगलिस बोर्डिङ स्कूलले अवार्ड हात पार्न सफल भएको पिन्सिप खडकाले जानकारी दिए ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button